ज्यो.प. नारायणप्रसाद दुलाल
यहि पौष कृष्ण औंशी तिथिका
दिन अर्थात् पुष १० गते विहिवार तदनुसार डिसेम्बेर २६ तारिखको दिन 'खण्डग्रास सूर्यग्रहण' लाग्ने भएको छ ।
यो खण्डग्रास सूर्यग्रहण
नेपाल, भारत, श्रीलंक लगायत एशियाका
सबै देश, हिन्दमहासागर, मलेशिया,
पूर्वी युरोप, उत्तर/पश्चिम ऑस्ट्रेलिया,
पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ ।
नेपाली समय अनुसार बिहानको
८ /४२ मिनेटमा स्पर्श हुने र १०/०१ मिनेटमा
मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९
मिनेटको रहनेछ ।
विशेष: यो खण्डग्रास सूर्यग्रहण
पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व
र दक्षिण को बीचमा मोक्ष हुनेछ ।







