Wednesday, December 25, 2019

खण्डग्रास सूर्यग्रहण लाग्दै (नारायणप्रसाद दुलाल)


ज्यो.प. नारायणप्रसाद दुलाल
यहि पौष कृष्ण औंशी तिथिका दिन अर्थात् पुष १० गते विहिवार तदनुसार डिसेम्बेर २६ तारिखको दिन 'खण्डग्रास सूर्यग्रहण' लाग्ने भएको छ ।
यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तर/पश्चिम ऑस्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ ।
नेपाली समय अनुसार बिहानको ८ /४२  मिनेटमा स्पर्श हुने र १०/०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहनेछ ।
विशेष: यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट  स्पर्श भई पूर्व र दक्षिण को बीचमा मोक्ष हुनेछ ।

No comments:

Post a Comment